साउदी अरबका विदेशमन्त्रीले भने – इरानले आणविक हतियार बनाएमा सबै कुरा खतरामा पर्नेछ

डिसी नेपाल
२६ मंसिर २०७९ १६:५२
72
Shares

काठमाडौं । साउदी अरेबियाका विदेशमन्त्रीले इरानले ‘प्रयोगयोग्य आणविक हतियार’ पाएमा खाडी देशहरूले आफ्नो सुरक्षाका लागि सबै कुरा दाउमा लगाउने बताएका छन्।

एक अन्तर्वार्तामा राजकुमार फैसल बिन फरहान अल साउदलाई इरानले आणविक हतियार प्राप्त गर्ने सम्बन्धमा प्रश्न सोधिएको थियो, उनले भने, “यदि इरानले प्रयोगयोग्य आणविक हतियार प्राप्त गर्यो भने सबै कुरा खतरामा पर्नेछ।”

उनले भने, “हामी यस क्षेत्रमा खतरनाक अवस्थामा पुगेका छौं। यस क्षेत्रका देशहरूले आफ्नो सुरक्षा बढाउन पक्कै ध्यान दिनेछन् भन्ने आशा गर्न सक्नुहुन्छ।”

गत वर्ष विश्वका शक्तिशाली राष्ट्रहरूले इरानसँगको आणविक सम्झौता पुनः सुरु गर्ने प्रयास गरिरहेका थिए । सन् २०१८ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको परमाणु सम्झौताबाट बाहिरिने घोषणा गरेका थिए । त्यसपछि अमेरिकाले इरानमाथि कडा प्रतिबन्ध लगाएको थियो ।

यद्यपि इरानले आणविक शक्ति शान्तिपूर्ण उद्देश्यका लागि मात्र प्रयोग गरेको बताउँदै आएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *