‘पुष्पा’ जस्तो देखिनका लागि पार्कमा बसेका किशोरको बिना कारण हत्या

डिसी नेपाल
२६ मंसिर २०७९ १७:००
280
Shares

काठमाडौं । जुभेनाइल जस्टिस बोर्ड (जेजेबी) ले यस वर्ष जनवरीमा दिल्लीको जहांगीरपुरी पार्कमा एक नाबालिगको हत्यामा संलग्न १७ वर्षीय आरोपीलाई वयस्कको रूपमा मुद्दा चलाउन अनुमति दिएको छ।

दिल्ली पुलिसले जेजेबीलाई अपील गरेको थियो कि हत्यामा संलग्न एक अभियुक्तको ट्रायल सेसन अदालतमा हस्तान्तरण गरियोस्, ताकि आरोपीको सुनुवाइ वयस्कको जस्तै होस् ।

यस वर्ष जनवरीमा दिल्लीको जहांगीरपुरी पार्कमा एक नाबालिगको हत्या भएको थियो। किशोरको हत्या तीन नाबालिगले गरेका थिए । यी तीनै जना पुष्पा चलचित्रबाट प्रेरित थिए । यति मात्र होइन, तीन जना अभियुक्तमध्ये एकले फिल्म पुष्पाको पात्रको लुक्स पनि बनाएका थिए । यसको भिडियो सामाजिक सञ्जालमा सेयर गरेर तीनैजना चर्चित हुन सकियोस् भनेर तीनैजनाले हत्या गरेका हुन् ।

जनवरी १९ मा तीनै जना जहाँगीरपुरीको एउटा पार्कमा पुगेका थिए । तीनै जनाले शिबु नामका किशोरलाई पार्कमा बसेको देखे । एकजना अभियुक्तले शिबुलाई ढुङ्गा हाने । किन हिर्काएको भनेर सोध्दा अभियुक्तले धम्की दिन थाले । यही क्रममा एक किशोरले भिडियो बनाइराखे । यसपछि अभियुक्तले उनीमाथि छुरी प्रहार गरी भागेका थिए ।

मृतक शिबु जहाँगीरपुरी निवासी थिए । हत्यापछि प्रहरीले नजिकै जडान गरिएका सिसिटिभी जाँच गरेको थियो । सीसीटीभीमा तीन किशोरले पहिले एक युवकसँग झगडा गरेपछि चक्कु प्रहार गरेको देखियो ।

प्रहरीका अनुसार अभियुक्तले हत्याको कुनै कारण नरहेको बताए । चर्चित बन्नका लागि मात्रै उनीहरूले हत्या गरेका हुन् । तीनै आरोपी बदनाम नामको गिरोह पनि बनाउन चाहन्थे।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *