बालबालिकामाथि केरा चोरेको आरोप लगाउँदै छिमेकी महिलाले मागिन् ९० हजार क्षतिपूर्ति !

डिसी नेपाल
२६ मंसिर २०७९ १७:१७

काठमाडौं । छिमेकका ८ बालबालिकाले केरा चोरेको आरोप लगाउँदै एक महिलाले ९० हजारभन्दा बढी क्षतिपूर्ति मागेकी छिन् । उनले यस सम्बन्धमा प्रहरीमा उजुरी समेत दिएकी छिन् । बालबालिकाको उमेर ५ देखि १२ वर्षसम्म रहेको छ । महिलाको यस्तो कदमले बालबालिकाका अभिभावकहरु छक्क परेका छन् । उनीहरूले प्रशासनसँग सहयोगको अपिल गरेका छन् ।

यो मुद्दा थाइल्याण्डको इसान प्रान्तको बुरिराम क्षेत्रसँग सम्बन्धित छ। कुङ नामकी ३३ वर्षीया महिलाले आफ्ना छोराछोरीविरुद्ध प्रहरीमा उजुरी दिएको अभिभावकले स्थानीय सञ्चारमाध्यमलाई बताए । जसमा उनले बालबालिकाले आफ्नो घरमा पसेर सम्पत्तिमा क्षति पुर्याएको आरोप लगाएकी छिन् । यस बाहेक बच्चाहरूले उनको भान्साबाट केराको कांगियो पनि चोरेका थिए।

यस घटनाका सम्बन्धमा कुङले २४ हजार भाट (९१ हजार रुपैयाँ) क्षतिपूर्ति मागेकी छिन् । प्रत्येक बालबालिकाका अभिभावकले ३–३ हजार भाट क्षतिपूर्ति दिनुपर्ने उनको भनाइ छ । तर अभिभावकका अनुसार केराको कांगियोको मुआब्जा निकै बढी छ । थाइगरको रिपोर्टका अनुसार चार बालबालिकाका परिवारले कुङलाई मुद्दा सुल्झाउन पैसासमेत दिएका छन् । तर बाँकी अभिभावकले गलत भएको भन्दै जरिवाना तिर्न अस्वीकार गरेका छन् ।

बच्चाको बुबाले आफ्नो बच्चा ५ वर्षको मात्र भएको र कुङको घरमा समेत नपुगेको भन्दै जरिवाना तिर्न अस्वीकार गरेको सञ्चारमाध्यमलाई बताए । त्यही क्रममा अर्का बच्चाले कुङ आफ्नो साथीकी आमा भएको बताए । केही दिनअघि उनी र उनका साथीहरूले कुङको भान्छामा गएर केराको गुच्छा खाए। बच्चाले सबैले केरा मात्रै खाएको, चोरेको वा हानि नगरेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *