जाजरकोट जिप दुर्घटनामा ११ को मृत्यु (मृतकको नामसहित)

डिसी नेपाल
२६ मंसिर २०७९ १९:३३

सुर्खेत । जाजरकोटमा आइतबार दिउँसो भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा नम्बर ३ जेवाबाट ४ को जेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरमा खस्दा ११ जनाको मृत्यु भएको हो ।

छेडागाड-५ का दिपक अधिकारी, नैनसरा अधिकारी, जैकुवरा बुढा र रामबहादुर बुढा, छेडागाड-६ का वीर बहादुर खत्री, भगवती-२, दैलेखका अमर खड्का, मान बहादुर रावत र बिरेन्द्र केसी, छेडागाड -५ का देवीसरा बुढा, अमर अधिकारी र निषा अधिकारीको मृत्यु भएको छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए ।

छेडागाड-५ की जैभान अधिकारी गम्भिर घाइते भएका छन् । चार जना मात्र क्षमता भएको उक्त बोलेरो गाडीमा १२ जना सवार रहेका थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *