अष्ट्रेलियाको क्विन्सल्याण्डमा गोली चल्यो, २ प्रहरी अधिकारीसहित ६ जनाको मृत्यु

डिसी नेपाल
२७ मंसिर २०७९ ७:५५
92
Shares

सिड्नी। अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा भएको गोलीकाण्डमा दुई प्रहरी अधिकारीसहित ६ जनाको मृत्यु भएको प्रहरीले मंगलबार जनाएको छ। क्वीन्सल्याण्डबाट २७० किलोमिटर पश्चिममा वाइअम्बिलामा हराएका व्यक्तिको खोजी गरिरहेका समयमा गोली चलाइएको थियो।

सोमबार दिउँसोको लञ्चको ठीक समयपछि बेपत्ता व्यक्तिहरूको अनुसन्धानमा पुलिसलाई वाइम्बिलाको सानो शहरमा रहेको जस्ताको छत भएको बंगलामा बोलाइएको थियो। क्वीन्सल्याण्ड पुलिस युनियनका अध्यक्ष इयान लिभर्सले भने, ‘उनीहरू बंगलामा प्रवेश गर्ने बित्तिकै गोलाबारीमा परेका थिए।

उनीहरूले मौका पाएनन्।’ प्रधानमन्त्री एन्थोनी अल्बानीजले सोमबारको उक्त घटनालाई अष्ट्रेलियाका लागि “हृदयविदारक दिन“ भनेका छन्। घटनाबारे प्रहरीले अनुसन्धान गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *