भारत र चीनका सेनाबीच झडपः विवाद ‘दबाउने’ मोदीको प्रवृत्तिले चीनको दुस्साहस बढेको विपक्षीको आरोप

डिसी नेपाल
२७ मंसिर २०७९ ९:५८

नयाँ दिल्ली। अरुणाञ्चल प्रदेशको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारतीय र चिनियाँ सेनाबीचको पछिल्लो झडपको विषयलाई  भारतको तल्लो सदन लोकसभाको बैठकमा विपक्षीहरुले मुख्य मुद्दाका रूपमा उठाउने तयारी गरेको भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ। डिसेम्बर ९ मा भएको झडपमा दुबै पक्षका सेना घाइते भएका सेनाले बताएको छ।

डिसेम्बर ९ को मुठभेडले “दुवै पक्षका केही कर्मचारीलाई सामान्य चोटपटक“ निम्त्यायो र दुबै पक्ष ‘तत्काल क्षेत्रबाट अलग भए’, सेनाको एक विज्ञप्तिमा भनिएको छ। विवरण सार्वजनिक भएसँगै कांग्रेसले सरकारले संसदमा छलफल गरेर राष्ट्रलाई विश्वासमा लिनुपर्ने भन्दै केन्द्रको आलोचना गरेको थियो।

झडपबारे रक्षामन्त्री राजनाथ सिंहले सदनमा बयान दिने कि नदिने भन्ने विषयमा छलफल हुने जनाइएको छ। केन्द्र ‘कहिल्यै पनि कुनै पनि छलफलबाट विचलित नभएको र तथ्यहरूसँग तयार’ रहेको सरकारी स्रोतहरूलाई उद्धृत गर्दै उक्त समाचार संस्थाले अगाडि लेखेकोे छ। सीमा विवादलाई ‘दबाउने’ नरेन्द्र मोदी सरकारको प्रवृत्तिले चीनको दुस्साहसलाई उक्साएको कंग्रेस पार्टीले आरोप लगाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *