रुसले किन गर्यो भारत र विदेशमन्त्री जयशंकरको तारिफ ?
काठमाडौं । रुसले रुसी तेलको मूल्यमा जी-७ देशहरू भन्दा फरक अडान लिएकोमा भारत र भारतीय विदेशमन्त्री एस जयशंकरको प्रशंसा गरेको छ। रुसले भारतको कदमलाई ‘स्वतन्त्र र सन्तुलित’ भनेको छ ।
जी-७ देशहरूले रुसी तेलको मूल्यलाई सीमित गर्ने निर्णय गरेका छन्। यो निर्णय डिसेम्बर ५ गतेदेखि लागू भएको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार रुसी दूतावासका डेपुटी चीफ अफ मिसनले भनेका छन्, “हामी दुवै एउटै कुरामा विश्वास गर्छौं। मूल्य बजार अनुसार हुनुपर्छ, तेल खरिदकर्ता अनुसार होइन।”
“जयशंकरले धेरै पटक भनेका छन् कि भारतले बजारमा उपलब्ध उत्तम विकल्प प्रयोग गरिरहेको छ।”
रुसबाट तेल खरिद गरेकोमा भारतले पनि आलोचना खेप्नु परेको छ । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले भारतले ‘रुस–युक्रेन युद्धको फाइदा उठाएको’ सार्वजनिक आरोप लगाएका छन् ।
तर, जयशंकरले बारम्बार भारतले रुसबाट युरोपेली युनियनको तुलनामा निकै कम तेल खरिद गरिरहेको बताउँदै आएका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment