फिल्म आरआरआर गोल्डेन ग्लोब अवार्डको लागि मनोनीत भएको छ

डिसी नेपाल
२७ मंसिर २०७९ ११:१५

काठमाडौं । एसएस राजामौलीको फिल्म आरआरआर गोल्डेन ग्लोब अवार्डका लागि मनोनयनमा परेको छ । चलचित्र उत्कृष्ट गैर अंग्रेजी भाषाको लागि मनोनयनमा परेको छ भने गीत ‘नाटु-नाटु’ उत्कृष्ट मौलिक स्कोरको लागि मनोनयनमा परेको छ ।

मार्चमा रिलिज भएको आरआरआरमा राम चरण र जुनियर एनटीआरले मुख्य भूमिका खेलेका थिए। यसका अलावा फिल्ममा आलिया भट्ट, अजय देवगन र श्रीया सरणको पनि महत्वपूर्ण भूमिका रहेको छ ।

फिल्मले विश्वभर १२ सय करोडभन्दा बढी कमाएको थियो । फिल्म तमिल, तेलुगु, मलयालम, कन्नड र हिन्दी गरी ५ भाषामा रिलिज भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *