यी व्यक्तिले प्रहरीलाई किन २ हजार पटक फोन गरे ?
टोकियो। जापानका एक वृद्धले हालै प्रहरी चौकीमा नौ दिनमा २,०६० पटक फोन गरेर त्यहाँका कर्मचारीहरूलाई दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका छन्। उनले फोन गरेर कर्मचारीहरूलाई ‘कर चोर’ र ‘खाली स्थानमा रहेको ठूलो मूर्ख’ भनेका थिए।
सेप्टेम्बर ३० र अक्टोबर ८ को अवधिमा सैतामा प्रिफेक्चरका ६७ वर्षीय व्यक्तिले प्रिफेक्चरल प्रहरी मुख्यालयमा कुल २, ०६० पटक फोन गरेर दुःख दिएका थिए। उनले त्यहाँका सबै कर्मचारीहरूलाई बर्खास्त गर्न भनेका थिए। त्यो हरेक ६ मिनेटमा औसत एक कल र नौ दिनको अन्तरालमा लगभग २७ घण्टा कुल टक टाइम हो।
अन्ततः प्रहरीले उक्त व्यक्तिको घरमा छापा मारेर प्रहरी गतिविधिमा अवरोध गरेको भन्दै पक्राउ गरेको थियो। उनले आरोप स्वीकार गरेका छन्। उनले भने, ‘मलाई थाहा थियो एक दिन पुलिस मेरो लागि आउनेछ।’
यस अनौठो केसको बारेमा जापान प्रहरीले अनुसन्धान जारी राखेको छ। तर, नाम गोप्य राखिएका ती व्यक्ति प्रहरीलाई सहयाेग गर्न धेरै उत्सुक नभएको बताइएको छ। चाखलाग्दो कुरा के छ भने मानिसको फोन रेकर्ड नुसार ती व्यक्तिले वर्षौंदेखि पुलिसलाई कल गर्दै आएको थियो। तर, भर्खरै केही रहस्यमय कारणले गर्दा उसले आफ्ना गतिविधि बढाएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment