५० बर्षीय मुस्लिम पुरुष जसले गरे एकै पटक तीन युवतीसँग विवाह
रुवान्डा। एकै समारोहमा तीन महिलासँग विवाह गरेपछि युगान्डाका ५० वर्षीय मुस्लिम पुरुष मोहम्मद सेमान्डा गत महिना अफ्रिकाभर समाचार हेडलाइन बनेका थिए। बेग्ला बेग्लै विवाह गर्न सक्ने अवस्था नभएकाले उनले एकैपटक तीन महिलासँग विवाह गरेका थिए।
युगान्डाको वाकिसो जिल्लाको काताबी सहरका खानेकुरा बिक्रेता सेमान्डाले सेता विवाहको गाउन लगाएका तीनजना महिलासहित स्थानीय समुदायमा देखा परेर धेरैलाई एक प्रकारको झड्का दिए। आर्थिक रुपमा उनको अवस्था राम्रो नभएको उनका सबै श्रीमतीहरूलाई थाहा थियो। तर, मायाप्रेमका कारण तीनै जना उनीसँग विवाह गर्न राजी भए। तीनै जनाले एक अर्काको रिस र इर्ष नगर्ने उनको भनाइ छ।
‘मेरा श्रीमतीहरू एकअर्काविरुद्ध ईर्ष्या गर्दैनन्। राम्रो छ। प्रत्येकले घर पाएका छन् र म उनीहरूलाई कडा मेहनत गरेर सहयोगको बाचा गर्छु’, उनी भन्छन् । तीनवटा विवाहको लागि पैसा तिर्न नसकेर एकै पटक तीन जनासँग विवाह गरेको उनको भनाइ छ।
उनका श्रीमती ४८ वर्षीय सलमत नलुवाग्गे, २७ वर्षीय जामियो नाकाइजा र २४ वर्षीया मस्तुलाह नामवान्जे समारोहमा रमाइलो र सबैको ध्यान खिचेको देखिन्थे। चाखलाग्दो कुरा के छ भने नलुवाग्गेले मोहम्मदसँग विगत २० वर्षदेखि विवाह गरिसकेकी थिइन्। त्यसैले यो उनीहरूको विवाहको नवीकरण मात्र थियो। दम्पतीका पाँच सन्तान छन् अन्य दुई महिलाहरू वास्तवमा दिदीबहिनी हुन्, र तिनीहरूका आफ्नै बच्चाहरू पनि छन्।
विवाहको बारेमा सलमात नलुवाग्गेले भनिन्, ‘हाम्रा श्रीमानले हामी सबैलाई एकैपटक विवाह गरेकोमा म धन्यवाद दिन्छु ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment