काभ्रे गणेशस्थानमा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु, तत्काल उद्धार गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले काभ्रेको बेथानचोक गाउँपालिकाको वडा नं ४ स्थित चलाल गणेशस्थानमा मंगलबार साँझ भएको दुर्घटनाका घाइतेहरुलाईरूलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पतालसम्म पु¥याउने व्यवस्था गर्न गृह प्रशासन, काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीलाई निर्देशन दिएका छन् ।
गृहमन्त्री खाणले गृहसचिव विनोदप्रकाश सिंहलाई उपचारका दुर्घटनाका घाइतेको उपचारका लागि जिल्लाको स्रोत र साधनले नपुग्ने भए मन्त्रालयबाट तत्काल व्यवस्था गर्न निर्देशन दिनुभएको छ भने प्रमुख जिल्ला अधिकारी पाण्डेलाई थप स्रोत साधन आवश्यक पर्ने भने मन्त्रालयमा लेखि पठाउन निर्देशन दिएका हुन् ।
घाइतेको उद्धार र उपचारमा कुनै कसुर बाँकी नराख्न र स्रोत साधनको कमी भएमा मन्त्रालयमा लेखि पठाउन मन्त्री खाणले निर्देशन दिएको प्रजिअ पाण्डेले बताइन ।
प्रजिअ पाण्डेका अनुसार साँझ ६ बजेतिर बनेपा नगरपालिका वडा नं ११ बाट ब्रतबन्धका लागि बेथानचोकको वडा नं ५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस दुर्घटना दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । मृतकको संख्याबारे औपचारिक पुष्टि हुन भने बाँकी रहेको उनले बताइन । अहिले प्रहरी घटनास्थलमा प्रहरी पुगिसकेको छ ।
घाइतेहरुको शिर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसमा सवार कति थिए भन्ने यकिन नभएको र घटनास्थलबाट नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर समेत प्रयोग गरी उद्धार कार्य जारी राखेको छ । अहिलेसम्म १४ जना घाइतेलाई उपचारका लागि अस्पताल पु¥याइएको प्रहरीले जनाएको छ ।







डिसी नेपाल







Facebook Comment