कङ्गोको राजधानीमा भीषण वर्षाका कारण ५० जनाको मृत्यु

डिसी नेपाल
२७ मंसिर २०७९ २२:४७

किन्सासा । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको राजधानी किन्सासाका विभिन्न जिल्लाहरूमा मङ्गलबार बिहान परेको भीषण वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा ५० जनाको मृत्यु भएको छ ।

स्थानीय अधिकारीहरूले सार्वजनिक गरेको प्रतिवेदनअनुसार पीडितहरू किन्सासाको दक्षिणी भेग मोन्ट–नगाफुलाका रहेको बताइएको छ ।

वर्षाका कारण धेरै मानिसहरू अझै पनि भग्नावशेषमा फसेकाले मृतक र घाइतेको सङ्ख्या बढ्न सक्ने बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *