टिकटक माथि प्रतिबन्ध लगाउन अमेरिकी सांसदको प्रस्ताव

डिसी नेपाल
२८ मंसिर २०७९ ८:३१

अमेरिका। अमेरिकी सांसदहरुले राष्ट्रिय सुरक्षामा खतरा आएको भन्दै टिकटक माथि प्रतिबन्ध लगाउनु पर्ने प्रस्ताव गरेका छन्। छोटो भाइरल भिडियोका लागि चर्चित सामाजिक मिडिया एप टिककटका विषयमा अमेरिकी संसदमा धेरै अगाडि देखि नै कुरा उठेको हो।

विश्वभरी नै चर्चित टिकटक चिनिया स्वामित्वमा रहेको कम्पनी बाइट डान्सको हो। गत महिना एफबिआइ प्रमुखले चीनले टिकटकका प्रयोगकर्तालाई प्रभावमा पार्ने सक्ने वा नियन्त्रणमा लिन सक्ने खतरा रहेको भन्दै चिन्ता व्यक्त गरेपछि कानुनी रुपमा प्रतिबन्धको कुरा उठेको हो।

अमेरिकाकै धेरै राज्यहरुमा टिकटकलाई सरकारी विद्युतीय उपकरणमा प्रतिबन्ध लगाइसकिएको छ । टिकटक प्रतिबन्ध सम्बन्धी विधेयकले संसदमा धेरै अवरोधको सामना गरेको छ । अमेरिकामा मात्रै टिकटकका १० करोडभन्दा बढी प्रयोगकर्ता रहेका छन् । साथै टिकटकबाटै राष्ट्रिय सुरक्षामा कुनै खतरा नपर्ने भन्ने आवाज पनि एक थरिको छ ।-




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *