नेपाल रेमिट र प्रभु म्यानेजमेन्टबीच सम्झौता, १५ हजारभन्दा बढि स्थानबाट भुक्तानी लिन सकिने

डिसी नेपाल
२८ मंसिर २०७९ १०:११

काठमाडौँ। नेपाल रेमिट इन्टरनेशनल प्रा.लि र प्रभु म्यानेजमेन्ट प्रा.लि बीच व्यवसायिक सम्झौता भएको छ।

सम्झौतापत्रमा नेपाल रेमिट इन्टरनेशनल प्रा.लि को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र प्रभु म्यानेजमेन्ट प्रा.लि को तर्फबाट अध्यक्ष कुसुम लामाले हस्ताक्षर गरेका छन्। यस सम्झौताबाट प्रभु म्यानेजमेन्ट प्रा.लि नेपाल रेमिट इन्टरनेशनल प्रा.लि को मुख्य प्रतिनिधि भएको छ।

नेपाल रेमिट इन्टरनेशनल प्रा.लि ले नेपालका सबै बैंक खाताहरुमा रियल टाइममै रेमिट्यान्स जम्मा गर्दै आइ रहेको छ। बिभिन्न वालेट कम्पनीहरुसँग साझेदारी गरी विदेशवाट वालेटमा समेत रेमिट्यान्स् भित्राउँदै आएको छ।

बिगत १५ वर्ष देखि रेमिटान्स क्षेत्रमा काम गर्दे आएको साथै देश भर १०,००० भन्दा बढि स्थानबाट सेवा प्रदान गर्दै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा.लि र बिगत एक दशक देखि रेमिटान्स क्षेत्रमा काम गर्दे आएको प्रभु म्यानेजमेन्ट प्रा.लि बिचको सम्झौताले विश्वका हरेक क्षेत्रबाट पठाएको रकम नेपालमा सरल तरिकाबाट प्राप्त गर्न थप सरल छिटो र छरितो हुने अपेक्षा गरिएको छ।

प्रभु म्यानेजमेन्ट प्रा.लि सँगको सम्झौता संगै नेपाल रेमिटका ग्राहकहुले अब देशभर रहेका १५००० स्थानहरुबाट बिदेशबाट पठाएको रकमको भुक्तानि लिन सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *