प्रभु बैंकको ४० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

डिसी नेपाल
२८ मंसिर २०७९ १०:४७

काठमाडौँ। प्रभु बैंकले ४० लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। यो सेयरमा इच्छुक विद्यमान सेयरधनी, योग्य व्यक्ति तथा संस्थाले आवेदन दिन पाउने छन्।

बैंकले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १२६ रुपैयाँ तोकेको छ। यसमा लगानीकर्ताले १८० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी आवेदन पेश गर्नुपर्नेछ। बोलपत्र पेस गर्दा न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

सेयर खरिद गर्न इच्छुक सेयरधनी, योग्य व्यक्ति तथा संस्थाले आवश्यक कागजात प्रमाण संलग्न गरी बिक्री प्रबन्धक प्रभु क्यापिटलमामा पुग्ने गरी आवेदन दिनुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति पुस १३ गते तोकिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *