गुराँस लघुवित्तले गर्यो लाभांश घोषणा

डिसी नेपाल
२८ मंसिर २०७९ ११:१०

काठमाडौँ। गुराँस लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ।  मंगलबार बसेको सन्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनफाबाट ४ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ।  साथै, बोनसमा लाग्ने कर तिर्न ०.२१ प्रतिशत नगद लाभांश दिने भएको छ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र संस्थाको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *