ह्वात्तै बढ्यो सुनको मूल्य

डिसी नेपाल
२८ मंसिर २०७९ ११:२०

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। बुधबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख १ हजार रुपैयाँ कायम भएको छ।

मंगलबार प्रति तोला १ लाख रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजारले बढेर प्रति तोला १ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ५ सय रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय रुपैयाँ रहेको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले बढेको छ। मंगलबार चाँदी प्रति तोला १ हजार ३ सय ९० रुपैयाँ कारोबार भईरहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *