पठानमा कसको पारिश्रमिक कति ?

डिसी नेपाल
२८ मंसिर २०७९ ११:३९
3.5k
Shares

मुम्बई। बलिउडमा हालका दिनमा शाहरुख खानको नयाँ फिल्म ‘पठान’को चर्चा व्यापक छ। पाँच वर्षपछि शाहरुख बलिउडमा पुनरागमन गर्दै छन्। शाहरुख पछिल्लो पटक सन् २०१८ मा फिल्म ‘जीरो’मा देखिएका थिए। यो फिल्म बक्सअफिसमा पूर्ण रुपमा फ्लप साबित भएको थियो।

पाँच वर्षपछि दर्शकमाझ आउन लागेका शाहरुख जति उत्साहित छन्, उनका फ्यानको उत्साह पनि उस्तै छ। फिल्म ‘पठान’मा कसले कति पारिश्रमिक लिए भन्ने चासो सर्वत्र छ। यहाँ फिल्मका कलाकारको पारिश्रमिकबारे चर्चा गरिएको छ।

शाहरुख खान

फिल्म ‘पठान’मा शाहरुख खान प्रमुख भूमिकामा देखिँदैछन्। यो फिल्ममा शाहरुखको बडी ट्रान्सफर्मेशन देखेर जोकोही चकित छन्। फिल्मका लागि शाहरुखले सय करोड पारिश्रमिक लिएका छन्।

दीपिका पादुकोण

फिल्ममा अभिनेत्री दीपिका पादुकोण शाहरुखको अपोजिटमा देखिएकी छन्। यो फिल्मका लागि दीपिकाले १५ करोड पारिश्रमिक लिएकी छन्।

जोन अब्राहम

अभिनेता जोन अब्राहमा फिल्ममा भिलेनको भूमिकामा छन् । फिल्मका लागि उनले २० करोड पारिश्रमिक बुझेका छन्।

सिद्धार्थ आनन्द

फिल्मको निर्देशन सिद्धार्थ आनन्दले गरेका हु्न् । उनले फिल्मका लागि ६ करोड पारिश्रमिक लिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *