मदिरा व्यवसायमा शाहरुख पुत्र आर्यन

डिसी नेपाल
२८ मंसिर २०७९ ११:५५
500
Shares

मुम्बई। बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन चाँडै नै फिल्म उद्योगमा धमाकेदार इन्ट्री गर्दैछन् । उनले लेखकका रुपमा पहिलो प्रोजेक्ट तयार गरेका छन्। रेड चिलिज इन्टरटेनमेन्ट प्रोडक्सन हाउसको व्यानरमा बन्न लागेको यो वेब सिरिजमा आर्यनले लेखकका रुपमा पाइला चाल्न लागेका हुन्।

वेब सिरिजको लेखकसँगै उनले नयाँ व्यापारिक भेन्चरको घोषणा गरेका छन्। आर्यन भारतमा प्रिमियम भोड्का ब्राण्ड लञ्च गर्ने तयारीमा छन्। त्यसका लागि उनले विश्वकै सबैभन्दा ठूलो कम्पनी एबी इनबेभको भारतीय युनिटसँग सहकार्य गरेका छन्।

आर्यनले यो कुराको घोषणा आफ्नो इन्स्टाग्राम एकाउण्टमा एक पोस्ट गर्दै गरेका हुन्। उनले भोड्काको नाम डुयाभोल राखेका छन्। उनको व्यापारिक साझेदारमा बन्टी सिंह र लेटी ब्लागोइभा रहनेछन्।

आर्यनका अनुसार यो व्यवसायको कन्सेप्ट तयार हुन पाँच वर्ष लाग्नेछ। आर्यन यो ब्राण्डका माध्यमबाट भविष्यमा एक पहिरन ब्राण्ड पनि सार्वजनिक गर्दैछन्। जुन ब्राण्डमा अण्डर टी सर्ट, ज्याकेट, ब्लेजरलगायत हुनेछन्।

आर्यनले क्यालिफोर्नियाको युएससीमा पढिरहँदा यो व्यावसायको बारेमा आइडिया आएको उल्लेख गरेका छन्। आफ्नो भविष्यको व्यवसायलाई लिएर पिता शाहरुख र माता गौरी खान उत्साहित रहेको आर्यनको दाबी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *