बैंकम्यान-फ्राइडको जमानत याचिका अस्वीकार गरियो

डिसी नेपाल
२८ मंसिर २०७९ १२:५४
28
Shares

काठमाडौं । बर्बाद भइसकेको क्रिप्टोकरेन्सी एक्सचेन्ज एफटीएक्सका संस्थापक साम बैंकम्यान-फ्राइडलाई बहामास अदालतले जमानत दिन अस्वीकार गरेको छ।

अमेरिकी अधिकारीहरूले मंगलबार बैंकम्यान-फ्राइडलाई “अमेरिकी इतिहासमा सबैभन्दा ठूलो वित्तीय धोखाधडी मध्ये एक” गरेको आरोप लगाए।

युएस सेक्युरिटी एण्ड एक्सचेन्ज कमिसन (एसईसी) का अध्यक्ष ग्यारी जेन्सलरले भने कि पूर्व एफटीएक्स मालिकले “छलको जगमा कार्डहरूको घर” बनाए।

बैंकम्यान-फ्राइडले अमेरिकामा सुपुर्दगीको विरुद्ध लड्ने संकेत गरेका छन्।

बहामासका मुख्य मजिस्ट्रेट जोआन फर्ग्युसन-प्राटले बैंकम्यान-फ्राइडको जमानत आवेदन खारेज गरिदिए र जमानत पाएमा उनी देश छोड्ने जोखिममा हुने बताए। साथै उनलाई फेब्रुअरी ८ सम्म हिरासतमा राख्न आदेश दिएको छ ।

साम बैंकम्यान फ्राइड सोमबार बहामासमा पक्राउ परेका थिए ।

गत महिना, एफटीएक्सले अमेरिकामा आफूलाई टाट पल्टिएको घोषित गर्यो र यसका धेरै ग्राहकहरूले आफ्नो पैसा फिर्ता लिन असमर्थ थिए। यो विश्वको दोस्रो ठूलो क्रिप्टो मुद्रा थियो जसले हरेक दिन १० अर्ब क्रिप्टो सिक्का व्यापार गरिरहेको थियो।

वास्तवमा, एफटीएक्सको वित्तीय अवस्था बिग्रन थाल्यो जब क्रिप्टो समाचार वेबसाइट कोइनडेस्कले सामको व्यापारिक कम्पनी अलमेडा रिसर्च र एफटीएक्स लिंक भएको र ती दुई स्वतन्त्र कम्पनीहरू होइनन् तर एक फाउन्डेसनको हिस्सा भएको रिपोर्ट गरे।

अल्मेडाले एफटीएक्स ग्राहकहरूको पैसा ऋणको रूपमा प्रयोग गरेको अर्को आरोप लगाइएको थियो।

यो रिपोर्ट आएपछि क्रिप्टो बजारमा सनसनी मच्चियो । कम्पनीको लागि नराम्रो समय सुरु भएको थियो र यी आरोपहरूको केही दिन पछि, एफटीएक्सको मुख्य प्रतिद्वन्द्वी बिनान्सले एफटीएक्स सँग जोडिएका आफ्ना सबै क्रिप्टो टोकनहरू बेचे।

यसपछि एफटीएक्समा भूकम्प आयो। एक एक गरेर ग्राहकहरूले एफटीएक्सबाट आफ्नो पैसा निकाल्न थाले। यस पछि एफटीएक्सले आफैलाई टाट पल्टिएको घोषित गर्यो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *