भारत र चीनको सेनाबीचको झडपमा अमेरिकाले के भन्यो ?

डिसी नेपाल
२८ मंसिर २०७९ १३:४४
128
Shares

काठमाडौं । डिसेम्बर ९ मा अरुणाचल प्रदेशको तवाङ सेक्टरमा चिनियाँ सैनिक र भारतीय सैनिकबीच झडप भएको थियो । यस विषयमा रक्षामन्त्री राजनाथ सिंहले मंगलबार संसदको दुवै सदनमा बयान दिएका छन् ।

अब अमेरिकाले भारत र चीनबीचको सैन्य झडपलाई लिएर प्रतिक्रिया दिएको छ । ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेले भने, ‘अमेरिकाले स्थितिलाई नजिकबाट नियालिरहेको छ र हामी दुवै पक्षलाई विवादित सीमाबारे छलफल गर्न विद्यमान द्विपक्षीय च्यानलहरू प्रयोग गर्न सल्लाह दिन्छौं।’

पत्रकारको प्रश्नको जवाफमा उनले भने, ‘यसपटक दुवै पक्षले छिट्टै झगडा बन्द गरेकोमा हामी खुसी छौं। हामी स्थितिलाई नजिकबाट नियालिरहेका छौं, भारत र चीनले विवादित सीमाबारे छलफल गर्न विद्यमान द्विपक्षीय च्यानलहरू प्रयोग गर्नुपर्छ।’

यसैबीच अमेरिकी रक्षा विभागको मुख्यालय पेन्टागनले पनि यसबारे प्रतिक्रिया दिएको छ । मिडियासँग कुरा गर्दै, पेन्टागनका प्रेस सचिव प्याट राइडरले भने, “रक्षा विभागले वास्तविक नियन्त्रण रेखामा भएका घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको छ। हामीले देखेका छौं कि चिनियाँ सेनाले एलएसीमा सुरक्षा बल बढाउँदैछ र सैन्य पूर्वाधार निर्माण भइरहेको छ। यसले अमेरिकी सहयोगीहरू र इन्डो-प्यासिफिकमा हाम्रा साझेदारहरूप्रति चीनको उत्तेजक रवैया झल्काउँछ।’

 

 

 

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *