प्रतिनिधिसभामा १८४ पुरुष र ९१ महिलाकाे प्रतिनिधित्व

डिसी नेपाल
२८ मंसिर २०७९ १५:०७

काठमाडौँ। निर्वाचन आयोगले ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा औपचारिक रुपमा सार्वजनिक गरेको छ। आयोगको कार्यालयमा बुधबार पत्रकार सम्मेलन गरेर आयोगले नतिजा सार्वजनिक गरेको हो।

सार्वजनिक नतिजाअनुसार प्रतिनिधिसभामा १८४ जना पुरुष र ९१ जना महिलाको प्रतिनिधित्व रहनेछ। २७५ सदस्य प्रतिनिधिसभामा पुरुष १८४ जना (६६ दशमलव ९० प्रतिशत) र महिला ९१ जना (३३ दशमलव १० प्रतिशत) निर्वाचित भएका आयोगले जनाएको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि ८६ वटा राजनीतिक दल दर्ता भएकोमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ६१ वटा राजनीतिक दल र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४७ वटा राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए।

प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ महिला २२५ र पुरुष २ हजार १८६ गरी २ हजार ४११ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो। सोही सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ महिला १ हजार १८७ र पुरुष १ हजार १२ गरी २ हजार १९९ जना उम्मेदवारको अन्तिम बन्द सूची कायम गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *