भारत र चीनका सैनिकबीच भएको झडपमा चिनियाँ मिडियाले के भन्छ ?

डिसी नेपाल
२८ मंसिर २०७९ १५:०७
84
Shares

काठमाडौं । पूर्वी लद्दाखपछि अरुणाचल प्रदेशको तवाङमा वास्तविक नियन्त्रण रेखामा भारतीय र चिनियाँ सैनिकबीच भएको झडपलाई लिएर दुवै देशले फरक–फरक कुरा गरिरहेका छन् ।

गत डिसेम्बर ९ मा भएको झडपबारे दुवै देश चार दिनसम्म मौन रहे तर भारतीय सञ्चारमाध्यममा स्रोतलाई उद्धृत गर्दै समाचार आउन थालेपछि रक्षामन्त्री राजनाथ सिंहले मंगलबार संसदमा औपचारिक वक्तव्य दिएका थिए । भारतको भनाइपछि चीनको विदेश मन्त्रालयले पनि आफ्नो पक्ष राखेको छ ।

संसदमा वास्तविक नियन्त्रण रेखामा भएको झडपको बारेमा जानकारी दिँदै राजनाथ सिंहले भनेका थिए, “‘डिसेम्बर ९, २०२२ मा चिनियाँ सेनाले याङ्त्से क्षेत्रमा वास्तविक नियन्त्रण रेखामा अतिक्रमण गरेर एकपक्षीय रूपमा स्थिति परिवर्तन गर्ने प्रयास गरे। हाम्रो सेनाले दृढ संकल्पका साथ चीनको यो प्रयासको सामना गर्यो। यो भिडन्तमा झडप भयो । भारतीय सेनाले बहादुरीका साथ चिनियाँ सैनिकहरूलाई हाम्रो भूमिमा अतिक्रमण गर्नबाट रोक्यो र उनीहरूलाई आफ्नो पोस्टमा फर्कन बाध्य तुल्यायो। यो झडपमा दुवै पक्षका केही सैनिक घाइते भएका छन् ।”

चिनियाँ अंग्रेजी अखबार ग्लोबल टाइम्सलाई त्यहाँको सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र मानिन्छ। ग्लोबल टाइम्सका अनुसार सम्पूर्ण मामिलामा चिनियाँ सेनाको पिपुल्स लिबरेशन आर्मीको वेस्टर्न थिएटर कमाण्डले मंगलबार भनेको छ कि चिनियाँ सीमा सुरक्षा बलले आफ्नो क्षेत्रमा एलएसीमा दैनिक गस्ती गरिरहेको थियो जब भारतीय सेनाले वास्तविक रेखा पार गरेर चिनियाँ सेनालाई अवैध रूपमा रोकियो। स्थिति नियन्त्रण गर्न चिनियाँ सैनिकहरूले पेशेवर सेनाको रूपमा जवाफ दिए।

ग्लोबल टाइम्सका अनुसार पीएलए वेस्टर्न थिएटर कमाण्डका प्रवक्ता कर्नल लङ शाओहुआले दुवै देशका सेनाहरू अब आ-आफ्नो क्षेत्रमा पुगेको बताएका छन्।

उनले सीमामा शान्तिका लागि भारतले आफ्ना सैनिकलाई नियन्त्रणमा राख्नुपर्ने बताए । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले पनि मंगलबार स्थिति नियन्त्रणमा रहेको र दुई देशबीचको सीमा सम्झौताको पालना गर्न भारतलाई आग्रह गरेका छन् । वेनबिनले दुई देशबीच सैन्य र कूटनीतिक तहमा वार्ता भइरहेको बताए ।

ग्लोबल टाइम्सले लेखेको छ, ‘चीन र भारतले सन् २०२० को जुनदेखि सीमामा देखिएको गतिरोध अन्त्य गर्ने प्रयास गरिरहेका छन्। अक्टोबर १४ मा दुई देशबीच २५ औं वार्ता भएको थियो । यी वार्ताका क्रममा दुवै देशले पूर्वी लद्दाखका केही क्षेत्रबाट आफ्ना सेना फिर्ता पनि गरेका छन् ।

फुदान विश्वविद्यालयको इन्स्टिच्युट अफ इन्टरनेशनल स्टडिजका प्राध्यापक लिन मिनवाङले ग्लोबल टाइम्सलाई भने, “सन् २०२० मा सीमामा भएको हिंसात्मक झडपपछि भारत र चीनले सीमामा पूर्वाधार विस्तार गर्ने कामलाई तीव्रता दिएका छन्। जुन आक्रामकताका साथ दुवै देश अगाडि बढिरहेका छन्, त्यसमा पूर्वी खण्डमा दुवै देशका सैनिक भिड्नु अचम्मको कुरा होइन । तर, दुवै देशले फरक फरक विषयमा वार्ता गरिरहेका छन् । यसले दुई देशबीचको सम्बन्ध अझै स्थिर रहेको देखाउँछ।”

लिनका अनुसार जाडो मौसममा दुई देशबीच सिमानामा विरलै भिडन्त हुने गरेको छ । ग्लोबल टाइम्सका अनुसार चीनका विज्ञहरूले केही विशेष सन्देश दिनका लागि भारतले टकराव सुरु गर्न यो समय रोजेको हुनसक्ने अनुमान छ । ग्लोबल टाइम्सका अनुसार भारतले चीनसँगको सम्बन्ध तनावपूर्ण रहेको भन्दै बाहिरी देशहरूलाई सन्देश दिन खोजिरहेको छ । चिनियाँ पत्रिकाले भारतले यो कुरा अमेरिकालाई बताउन चाहेको लेखेको छ । भारत आफ्नो रणनीति सन्तुलित राख्न चाहन्छ।

तर, यसले भारत र चीनबीचको सिमानाको स्थितिमा कुनै परिवर्तन नहुने पनि विश्वास गरिएको छ । अर्को चिनियाँ रक्षा विज्ञ क्यान फेङले ग्लोबल टाइम्सलाई भने कि डिसेम्बर ९ को टकरावले दुई देशबीचको अवस्थालाई जटिल बनाउन सक्छ।

भारतका प्रख्यात रणनीतिक विज्ञ ब्रह्मा चेल्लानीले ट्वीट गरेका छन्, “हालको द्वन्द्वले भारतले चीनलाई आफ्नो भूमि कब्जा गर्नबाट रोक्न असफल भएको देखाउँछ। के भारत सन्तुष्ट छ? रणनीतिक बुद्धि कतै हराइरहेको छ? के भारतको सैन्य नेतृत्वले चीनको धम्कीलाई हल्का रूपमा लिइरहेको छ?” यद्यपि रक्षामन्त्री राजनाथ सिंहले भारतले आफ्नो एक इन्च जमिन पनि कसैलाई पनि लिन नदिने बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *