रुस-युक्रेन युद्ध: कीभमा फेरि विस्फोट, ड्रोन आक्रमणमा सरकारी भवनमा क्षति

डिसी नेपाल
२८ मंसिर २०७९ १५:३६

काठमाडौं । युक्रेनको राजधानी किभमा बुधबार धेरै विष्फोट भएको खबर छ । नगरका मेयरले यसबारे जानकारी दिएका छन् ।

उनले भने कि विस्फोट शेभेन्चकिभ्स्की जिल्लाको केन्द्रमा भएको थियो र आपतकालीन सेवाहरू घटनास्थलमा पठाइएको थियो।

बीबीसीका पत्रकारहरूले हवाई आक्रमणको साइरन बजाएको केही समयपछि ठूलो आवाज सुने। रुसले गत अक्टोबरदेखि युक्रेनको ऊर्जा पूर्वाधारमा मिसाइल र ड्रोनबाट आक्रमण गरिरहेको बताइएको छ ।

राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनी सेनाले बुधबार रुसले प्रक्षेपण गरेका १३ इरानी ड्रोन शाहिदलाई खसालेको बताए ।

किभको सैन्य प्रशासनले ड्रोनको एक भाग सहरको प्रशासनिक भवनमा खसेको जनाएको छ। यसबाहेक चारवटा आवासीय भवनमा पनि क्षति पुगेको छ । यद्यपी आकस्मिक सेवाका प्रवक्ताले कुनै हताहत नभएको सञ्चारमाध्यमलाई बताए ।

कीभका गभर्नर ओलेस्की कुलेबाले आफ्नो वायु रक्षा प्रणालीले काम गरिरहेको बताए ।

कुलेबाले भने, “हवाई प्रतिरक्षा प्रणालीले काम गरिरहेको छ। अहिलेको लागि आश्रयस्थल र सुरक्षित स्थानहरूमा बस्न आवश्यक छ। रुसले हाम्रो देश विरुद्ध ‘ऊर्जा आतंक’ गरिरहेकै छ। तर हामी उनीहरूसँग दृढतापूर्वक लडिरहेका छौं।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *