यस्ता छन् विश्व इतिहासमा आज भएका घटनाक्रम

डिसी नेपाल
२९ मंसिर २०७९ ६:४५

आज सन् २०२२ को १५ डिसेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

चीनलाई अमेरिकी मान्यता

सन् १९७८ मा अमेरिकाले चीनलाई मान्यता दिएको थियो । जनगणतन्त्र चीन स्थापना भएको ३० वर्षपछि राष्ट्रपति जिम्मी कार्टरले राष्ट्रसंघले सन् १९७९ को १ जनवरीदेखि औपचारिक रुपमा कम्युनिस्ट देश चीनलाई मान्यता दिने घोषणा गरेका थिए । कार्टरले चीनलाई मान्यता दिने घोषणा गरिरहँदा अमेरिकाले चीन–ताइवान सम्बन्धबारे पनि चासो दिएको थियो ।

अमेरिकी संविधानमा २१औं संशोधन

सन् १९३३ मा अमेरिकी संविधानमा २१औं संशोधन भएको थियो । संशोधनले अमेरिकामा मदिरामाथिको प्रतिबन्धलाई रद्द गरेको थियो । सन् १९२० को १७ जनवरीमा १८ औं संशोधन गरेर अमेरिकामा मदिरामाथि प्रतिबन्ध लगाइएको थियो ।

अमेरिकामा बिल अफ राइट्स

अमेरिकी संविधानमा भएका पहिलो दश वटा संशोधनलाई बिल अफ राइट्स भनिन्छ । संशोधनलाई भर्जिनियाले अनुमोदन गरेपछि ती कानुन बनेका थिए ।

इराक युद्ध समाप्त

सन् २०११ को १५ डिसेम्बरमा इराक युद्ध औपचारिक रुपमा समाप्त भएको थियो । इराकमाथिको ८ बर्ष लामो युद्ध आजकै दिनबाट समाप्त भएको अमेरिकाले औपचारिक रुपमा घोषणा गरेको थियो । सन् २००३ को २० मार्चमा अमेरिकाले इराकविरुद्ध युद्ध सुरु गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *