चीनमा एकै दिन १४ लाखलाई कोभिड खोप

डिसी नेपाल
२९ मंसिर २०७९ १३:१४
44
Shares

बेइजिङ। कोभिड १९ संक्रमणको छालहबीच चीनले सबैभन्दा बढी जोखिममा परेका मानिसहरूलाई फेरि खोप लगाउन सुरु गरेको छ। सरकारले कठोर कोभिड नीतिलाई केही खुकुलो बनाउने निर्णयसँगै संक्रमितको संख्या बढेकाले थप खोप लगाउने भएको हो।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि चीनको १ अर्ब ४० करोड जनसंख्यालाई पर्याप्त रूपमा खोप नदिइएको र अमेरिकाले चीनलाई संक्रमणको वृद्धिसँगै रोगविरुद्ध लड्न मद्दत गर्ने प्रस्ताव गरिरहेका बेला बेइजिङले खोप अभियान तीब्र पारेको हो।

अनिवार्य परीक्षण तोड्दै र क्वारेन्टाइन नियमहरू सहज बनाउँदै गत बुधबार चीनले शून्य कोभिड नीति अन्त्य गरेको थियो। कठोर कोभिड नीतिले लाखौंलाई मानसिक रूपमा चिन्तित बनाउनुका साथै अर्थव्यवस्थालाई क्षति पुर्‍याएको थियो।

सरकारले ९० प्रतिशत जनसंख्याले खोप लगाएको जनाएको छ। उसले बुधबार ६० वर्ष माथिका र जोखिममा रहेका व्यक्तिलाई कोभिड १९ को दोस्रो बुस्टर डोज दिने घोषणा गरेको छ।

पछिल्ला दिनमा चीनमा खोप अभियान तीब्र पारिएको छ। सरकारले मंगलबार एकै दिन १४ लाख ३० हजार जनलाई खोप लगाइएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *