बागमती प्रदेशमा ३३ दलको जमानत जफत, कुन प्रदेशमा कति ?

डिसी नेपाल
२९ मंसिर २०७९ १३:३१
56
Shares

काठमाडौँ। बागमती प्रदेशसभामा ३३ वटा राजनीतिक दलको जमानत जफत भएको छ। प्रदेशसभामा समानुपातिकतर्फ कम्तीमा एक सिट ल्याउन नसक्ने दलको जमानत जफत भएको निर्वाचन आयोगले जनाएको छ।

प्रदेशमा १ मा ३० वटा राजनीतिक दलको जमानत जफत भएको छ। मधेश प्रदेशमा २६, गण्डकीमा २४ वटा दलले जमानत रकम फिर्ता  पाएनन्। आयोगका अनुसार लुम्बिनी प्रदेश कर्णालीमा २२/ २२ वटा दलको जमानत जफत भएको छ।

सुदूरपश्चिम प्रदेशमा २८ वटा दलको जमानत जफत भएको आयोगले जनाएको छ। यस्तै, प्रतिनिधिसभातर्फ समानुपातिकमा ४० वटा राजनीतिक दलको जमानत जफत भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *