इन्टरनेटको गुणस्तर परीक्षण गर्दै दूरसञ्चार प्राधिकरण

डिसी नेपाल
२९ मंसिर २०७९ १८:०८

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूले वितरण गर्ने इन्टरनेट गतिको गुणस्तर परीक्षण गर्ने भएको छ । प्राधिकरणले सातवटै प्रदेशमा इन्टरनेटको गुणस्तर परीक्षण गर्ने जनाको छ ।

प्राधिकरणले सातै प्रदेशमा इन्टरनेटको गुणस्तर परीक्षण गर्न भन्दै आशयपत्र आह्वान गरेको छ । इन्टरनेट सेवा प्रदायकहरूले वितरण गर्ने इन्टरनेटको गुणस्तरमा गुनासो आइरहेको छ ।

प्राधिकरणले इन्टरनेटको गुणस्तर परीक्षण गर्ने लक्ष्यसहित यसको अध्ययनका लागि आशयपत्र आह्वान गरेको हो । आवेदकले पुस ६ गतेसम्म आशयपत्र दिनुपर्ने प्राधिकरणले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *