बिकास र समृद्धिको जनताको चाहनालाई सवै मिलेर पुरा गर्नुपर्छ: सञ्चारमन्त्री कार्की {भिडियो}

डिसी नेपाल
१ पुष २०७९ १५:२५

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बिकास र समृद्धिको जनताको चाहनालाई सवै मिलेर पुरा गर्नुपर्ने बताएका छन् । द राइजिङ नेपालको ५७ औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा मम्न्त्री कार्कीले अव बिलम्व नगरि जनताको बिकास र समृद्धिको जनताको चाहनालाइ पुरा गर्नु अहिलेको आवश्यकता भएको बताएका हुन् ।

उनले संविधानमा उल्लेख प्रेस स्वतन्त्रता लगाएत नागरिकको हकको व्यवस्थालाई पूर्णरुपमा कार्यान्वयन गराउने दक्षिण एसियाकै देश नेपाल भनेर चिनाउनुपर्ने धारणा राखे । अहिले संसारभरि नै छापालाई अनलाइन सञ्चारमाध्यमले विस्तारै विस्थापित गर्दै गरेको यथार्थ रहेको उल्लेख गर्दैै नेपालमा अपवाद हुन नसक्ने उनले बताए । कार्कीले गोरखापत्र र राइजिङ नेपाललाई सत्यतथ्य, निष्पक्ष र विश्वसनीय छापामाध्यमका रुपमा विकास गर्नुपर्ने पनि बताएका छन् ।

कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले सरकारी सञ्चारमाध्यमप्रति आउने नकारात्मक धारणाहरु क्रमश चिर्दे अघि बढ्नुपर्ने बताए। विसं २०२२ पुस १ गतेदेखि राइजिङ नेपालको प्रकाशन सुरु भएको हो ।

हेर्नुहोस् भिडियो: 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *