चिनियाँ जहाजहरूको एउटा समूह ओकिनावाका दुई टापुहरूबाट गुज्रियो: जापान

डिसी नेपाल
४ पुष २०७९ ११:३२
20
Shares

काठमाडौं । जापानको रक्षा मन्त्रालयले चिनियाँ जहाजको एउटा समूह आफ्नो ओकिनावा प्रान्तका दुई टापुहरूबाट गुज्रिएको जनाएको छ। जापानको आधिकारिक मिडिया एनएचके वर्ल्डका अनुसार यो घटना १६ डिसेम्बरको हो।

जापानले उक्त विमानवाहक जहाज पनि चिनियाँ जहाजको समूहमा समावेश भएको जनाएको छ । जापानको सामुद्रिक सेल्फ डिफेन्स फोर्सले डिसेम्बर १७ मा विमान वाहक लाइङले ओकिनावाको मुख्य टापु र मियाकोजिमा टापुको बीचमा पूर्वी चीन सागरबाट प्रशान्त महासागरमा केही जहाजहरू लिएर गएको पुष्टि गरेको थियो।

एनएचके वर्ल्डले मे महिनायता पहिलो पटक चिनियाँ विमानवाहक जहाज यस रुटबाट गुज्रिएको जनाएको छ। जापानको रक्षा मन्त्रालयले पनि चिनियाँ पानीजहाज आफ्नो क्षेत्रीय जलक्षेत्रमा प्रवेश नगरेको बताए पनि निकट अनुगमन गरेर चिनियाँ जहाजको आगमनको उद्देश्यबारे अनुसन्धान भइरहेको छ ।

चीनको आधिकारिक मिडिया ग्लोबल टाइम्सले पश्चिम प्रशान्तमा जानका लागि चिनियाँ विमानवाहक जहाजले नियमित अभ्यासका लागि उक्त मार्ग पार गरेको जनाएको छ। यसैबीच, जापानमा चिनियाँ दूतावासले डिसेम्बर १६ मा जापानको रक्षा कागजातहरूको आलोचना गरेको छ जसमा चीनलाई ‘अभूतपूर्व रणनीतिक चुनौती’ भनिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *