पाकिस्तान : खैबर पख्तुनख्वामा प्रहरी चौकीमा आक्रमण, चार प्रहरीको मृत्यु

डिसी नेपाल
४ पुष २०७९ ११:४१

काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको लक्की मारवत जिल्लामा रहेको प्रहरी चौकीमा भएको आक्रमणमा चार प्रहरीको मृत्यु भएको छ ।

आइतबार बिहान आक्रमणकारीले बुर्गी प्रहरी चौकीलाई निशाना बनाएका थिए । प्रहरीका अनुसार यस आक्रमणमा चार प्रहरी पनि घाइते भएका छन् ।

समाचार अनुसार आक्रमणको समयमा प्रहरी चौकीमा करिब ६० जना प्रहरी उपस्थित थिए । प्रहरीका अनुसार आक्रमणकारीले ह्यान्ड ग्रेनेड र रकेट लन्चर प्रयोग गरेका थिए ।

प्रहरी र आक्रमणकारीबीच भीषण गोली हानाहान भएको र अन्धकारको फाइदा उठाउँदै आक्रमणकारी भाग्न सफल भएको प्रहरीले जनाएको छ ।

खैबर पख्तुनख्वा प्रहरीका अनुसार हमलापछि उक्त क्षेत्रमा खोजी अभियान चलाइएको छ। घटनास्थलमा ठूलो संख्यामा प्रहरी पनि पठाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *