एलन मस्कले ट्वीटर प्रयोगकर्तालाई सोधे, ‘म सीईओ बनौं कि नबनौं, तपाई भन्नुस्…’

डिसी नेपाल
४ पुष २०७९ १२:१४

काठमाडौं । अमेरिकी प्राविधिक व्यवसायी एलन मस्कले आइतबार ट्वीटर प्रयोगकर्तालाई आफू ट्विटरको प्रमुख रहने कि नरहने भनेर सोधेका छन् ।

एलन मस्कले केही साताअघि माइक्रो ब्लगिङ साइट ट्विटर ४४ अर्ब डलरको सम्झौतामा किनेका थिए। त्यसयता उनको तर्फबाट ट्विटरमा परिवर्तनहरू भइरहेको छ।

यसमा ठूलो संख्यामा कर्मचारीहरूलाई हटाउनुका साथै ट्विटरको नीति र व्यवसायमा परिवर्तनहरू समावेश छन्।

एलन मस्क ट्विटरका साथै टेस्ला र स्पेसएक्सका प्रमुख हुन्। र मस्कले ट्विटर किने पछि टेस्लाको सेयरको मूल्यमा गिरावट आएको छ।

मस्कले आफ्नो ट्विटमा लेखेका छन्, ‘के मैले ट्विटरको प्रमुखबाट राजीनामा दिनुपर्छ ? म यो मतदानको नतिजा पछ्याउनेछु ।’

एलन मस्कको यो ट्वीटको पोलमा अहिलेसम्म एक करोड मानिसले आफ्नो मत दिएका छन् ।

यसअघि ट्वीटरले अन्य सामाजिक सञ्जाल ट्वीटरमा प्रवद्र्धन गर्न प्रतिबन्ध लगाएको थियो । यसमा फेसबुक, इन्स्टाग्राम र मास्टोडन समावेश छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *