श्रीमानको माछा मार्ने लतका कारण श्रीमतीले टुटाइन् १० वर्ष लामो वैवाहिक जीवन

डिसी नेपाल
४ पुष २०७९ १३:०३

बेइजिङ। एक चिनियाँ महिलाले आफ्नो पतिको माछा मार्ने लतका कारण आफ्नो १० वर्ष लामो वैवाहिक जीवन अन्त्य गर्ने निर्णय गरेकी छिन्। सानडोङ प्रान्तको जुए काउन्टी पिपुल्स कोर्टमा दायर गरिएको सम्बन्धविच्छेदको मुद्दाका अनुसार झाङ उपनाम भएकी  महिलाले आफ्नो पतिको माछा मार्ने लत धेरै भएको दाबी गरिन् ।

उनले घरको सबै काम र दुई बच्चाहरूको हेरचाह गर्ने तर श्रीमान सधै सोफामा बसेर आफ्नो स्मार्टफोन हेर्ने र हरेक साँझ खानापछि आफ्ना साथीहरूसँग माछा मार्न जाने गरेको दाबी गरिन् ।

“म हरेक बिहान ६ बजेअघि नै उठेर नास्ता तयार गर्छु। म काममा जानु अघि दुई बच्चाहरूलाई स्कूल पठाउँछु, “झाङले भनिन्।  उनले भाँडा धुने, घर सफा गर्ने, बच्चाहरूलाई स्कूलबाट उठाउने र हरेक दिन उनीहरूको गृहकार्यमा मद्दत गर्ने बताइन्। “म थाकिसकेकी छु,” उनले भनिन्।

बारम्बार माछा मार्ने साथीहरूसँग भन्दा आफू र  बच्चाहरूसँग धेरै समय बिताउन आग्रह गर्दा पनि नमानेपछि झाङले सम्बन्धविच्छेद नै एक मात्र  विकल्प हो भनेर निर्णय गरिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *