पूर्व राष्ट्रपति ट्रम्प गत वर्ष संसद्‍मा भएको हिंसात्मक गतिविधिमा संलग्‍न भएको ठहर

डिसी नेपाल
५ पुष २०७९ ७:५६

न्युयोर्क। गत वर्ष अमेरिकी क्यापिटलमा भएको आक्रमणको छानबिन गर्ने संसदीय समितिले सोमबार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध फौजदारी अभियोग लगाउन सिफारिस गरेको छ।

विद्रोहलाई उक्साउने, आधिकारिक कार्यवाहीमा अवरोध पुर्‍याउने, अमेरिकी सरकारलाई धोका दिने षड्यन्त्र र झूटा बयान गरेकोमा ट्रम्पमाथि थप अनुसन्धान गर्न समितिले न्याय मन्त्रालयलाई आग्रह गरेको छ।

‘समितिले महत्त्वपूर्ण प्रमाणहरू जुटाएको छ कि राष्ट्रपति ट्रम्पले हाम्रो संविधानअन्तर्गत शक्तिको शान्तिपूर्ण संक्रमणमा बाधा पु¥याउने उद्देश्य राखेका थिए’ प्रतिनिधि जेमी रस्किनले प्यानलको निष्कर्षलाई उल्लेख गर्दै भने।

उनले अगाडि भने, ‘हामी विश्वास गर्छौं कि आज मेरा सहकर्मीहरूले वर्णन गरेका र हाम्रो सुनुवाइमा जुटाएका प्रमाणहरूले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको आपराधिक सन्दर्भको उचित आधार दिन्छ।’

क्यापिटल भवनमा भएको हिंसात्मक घटनासम्बन्धी करिब १८ महिना लामो छानबिन टुंग्याउँदै संसदीय समितिले ट्रम्पमाथि राज्यविरुद्ध विद्रोही गर्न उक्साएको वा सघाएको, सरकारी कानुनी प्रक्रिया अघि बढाउन अवरोध गरेको, झुटो विवरण दिने षड्यन्त्र गरेको र देशमाथि धोकाधडी गरेकोसहितका चारवटा आरोपहरू लगाएको छ।

संसदीय समितिले पूर्वराष्ट्रपति ट्रम्पले ट्रम्पका सहयोगी होप हिक्सले चुनावी हार अस्वीकार गर्नुभएको एउटा नयाँ भिडियो पनि सार्वजनिक गरेको छ। एउटा विज्ञप्ति जारी गर्दै पूर्वराष्ट्रपति ट्रम्पले संसदीय समितिको निर्णयको आलोचना गर्दै आफूले केही गलत नगरेको बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *