अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिने फ्रान्सेली फुटबलर बेन्जेमाको घोषणा

डिसी नेपाल
५ पुष २०७९ १०:४९
380
Shares

काठमाडौँ। फ्रान्सका स्ट्राइकर करिम बेन्जेमाले अन्तर्राष्ट्रिय खेल जिवनबाट संन्यासको घोषणा गरेका छन्। कतार विश्वकअघिको अभ्यासका क्रममा चोट लागेपछि बेन्जेमा टोलीबाट बाहिरिएका थिए।

फ्रान्स विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित भएको भोलिपल्ट सामाजिक सञ्जालमार्फत बेन्जेमाले अन्तर्राष्ट्रिय खेल जीवनबाट संन्यास लिने  निर्णयमा पुगेको जनाएका हुन्।

स्पेनिस क्लब रियाल मड्रिडबाट व्यवसायिक फुटबल खेलिरहेका बेन्जेमाले सोमबार संन्यासको घोषणा गरेका हुन्।

यसै वर्ष बालोन डी अर जितेका बेन्जेमाले फ्रान्सका लागि ९७ खेलमा ३७ गोल गरेका छन्। सन् २००७ मा  अष्ट्रियाविरुद्धको खेलमार्फत अन्तर्राष्ट्रिय ‘डेब्यु’गरेका बेन्जेमाले यही वर्ष क्रोएसियाविरुद्ध अन्तिम खेल खेलका थिए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *