नवजात शिशुलाई लिएर प्रदेशसभा बैठकमा पुगिन् सांसद, भनिन्– म आमा पनि हुँ, जनप्रतिनिधि पनि…

डिसी नेपाल
५ पुष २०७९ ११:०९
72
Shares

काठमाडौं । एनसीपीकी विधायक सरोज बाबुलाल अहिरे सोमबार विधान सभाको हिउँदे अधिवेशनमा नवजात शिशु लिएर आइपुगेकी छिन् ।

समाचार एजेन्सी एएनआईका अनुसार सरोज बाबूलाल अहिरेले विधानसभाको बैठकमा उपस्थित हुने कुरामा जोड दिँदै भनिन्, ‘विगत दुई वर्षमा कोरोना महामारीका कारण नागपुरमा एउटा पनि सभाको बैठक बसेको छैन । अहिले म आमा हुँ तर मेरो कुरा राख्न म यहाँ आउनु पर्छ। म यहाँ मेरा मतदाताहरूको जवाफ पाउन आएकी छु।”

अहिर ३० सेप्टेम्बरमा आमा बनेकी हुन् । महाराष्ट्र विधान सभाको हिउँदे अधिवेशन सोमबार नागपुरमा सुरु भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *