इरानको मुद्रामा कीर्तिमानी गिरावट, एक डलरको मूल्य ३ लाख ८६ हजार रियाल

डिसी नेपाल
५ पुष २०७९ १२:०४

काठमाडौं । केन्द्रीय बैंकका गभर्नरले इरानी मुद्रा रियालको मूल्यमा आएको गिरावटको लागि केही हदसम्म सरकार विरोधी प्रदर्शनलाई दोष दिएका छन्।

अमेरिकी डलरको तुलनामा इरानको मुद्रा न्यून स्तरमा झरेको छ । विदेशी विनिमय साइट बोनबास्टका अनुसार बजारमा एक डलर ३ लाख ९५ हजार रियालसम्म बिक्री भएको छ । यसअघि गत शुक्रबार एक डलर तीन लाख ८६ हजारमा चलिरहेको थियो ।

मानिसहरू आफ्नो बचत सुरक्षित राख्न डलर र सुन किन्न खोजिरहेका छन्। केन्द्रीय बैंकका गभर्नर अली सालेहाबादीले स्वीकार गरे, “विगत दुई महिनाका घटनाहरू र अमेरिकी प्रतिबन्धहरूले इरानी मुद्रालाई कमजोर बनाएको छ। कमजोर रियाललाई टेवा दिन डलर बजारमा ल्याइएको हो ।”

महसा अमिनीको मृत्युपछि सुरु भएको विरोध प्रदर्शनपछि रियाल करिब २० प्रतिशतले घटेको छ । अमेरिकाले आणविक सम्झौताबाट बाहिरिने र इरानमाथि पुनः प्रतिबन्ध लगाउनु अघि मे २०१८ मा देशको मुद्रा प्रति डलर ६५,००० मा व्यापार गरिरहेको थियो।

समाचार एजेन्सी रोयटर्सका अनुसार सरकार विरोधी प्रदर्शनमा ६८ नाबालिगसहित ४९५ प्रदर्शनकारीको मृत्यु भएको छ । यसबाहेक ६२ सुरक्षाकर्मीको पनि ज्यान गएको छ भने १८ हजार ४५० जना पक्राउ परेको अनुमान छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *