ज्येष्ठ सदस्यको सपथसँगै संघीय संसद् पुगे जबरा

डिसी नेपाल
६ पुष २०७९ १५:४२

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधि सभाको ज्येष्ठ सदस्यको सपथ ग्रहण गरेसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपतिशमशेर जबरा संघीय संसद् सचिवालय पुगेका छन् ।

उनले त्यहाँ पुगेर संघीय संसद्का महासचिव भरत गौतमलगायत अधिकारीहरूलाई भेटेका हुन् । संसद् सचिवालयले जबरालाई ज्येष्ठ सदस्यका रूपमा स्वागतसमेत गरेको छ । बिहीबार राणाले प्रतिनिधिसभाका सबै सांसदलाई सपथ खुवाउने कार्यतालिका छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *