सांसद छनोटमा असन्तुष्टीपछि राप्रपा गण्डकीको कार्यालयमा लागेको ताला खुल्यो

डिसी नेपाल
६ पुष २०७९ २१:१०

पोखरा । सांसद छनोटमा असन्तुष्टी जनाउँदै १० दिनअघि राप्रपा गण्डकीको कार्यालयमा तालाबन्दी गरेका थिए। आफ्नै कार्यकर्ताले कार्यालयमा तालाबन्दी गरेका हुन् ।

समानुपातिकबाट २ सांसद पाएको राप्रपाबाट यहाँ पुरुषमा प्रदेश अध्यक्ष पन्चराम गुरुङ र महिलामा केन्द्रिय सदस्य विन्दु पहाडी छानिएका थिए । तर सांसद छनोटमा चित्त नबुझेको भन्दै कार्यकर्ताहरुले नै कार्यालयमा ताला लगाए ।

राप्रपा कास्की र गण्डकी प्रदेश समितिको संयुक्त पहलमा ताला खुलेको हो । प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षले राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनसँग भेटेपछि ताला खुलेको राप्रपाले जनाएको छ । गण्डकीमा राप्रपाले समानुपातिकतर्फ ५९ हजार ४ सय ८३ मत पाएको थियो ।

पार्टीभित्र देखिएका समस्या छलफलबाट समाधान गर्ने सहमति भएको जिल्ला अध्यक्ष नारायण गुरुङले बताए । बुधबारदेखि कार्यालय खोलेर काम सुरु भएको प्रवक्ता अरुण गिरीले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *