स्थिरताका लागि कांग्रेस र एमालेले सरकार बनाओस्ः राजेन्द्र लिङदेन
काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले ठूला राजनीतिक दलहरु कांग्रेस र एमालेले स्थिरताका लागि सरकार बनाओस् भन्ने चाहना रहेको बताएका छन्।
बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै गठबन्धनले नै सरकार बनाए आफुहरु प्रतिपक्षीमा बस्न तयार रहेको भन्दै उनले सरकार बन्न नसक्ने अवस्था आएमा र राप्रपाको आवश्यकता परेमा छलफल अघि बढाउने जिकिर गरे ।
उनले निर्वाचनमा अपेक्षा गरेजस्तो परिणाम नआएपनि जिम्मेवारीपूर्वक काम गर्न सांसदहरुलाई निर्देशन दिइएको बताए ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment