सिके राउतकाे शपथबारे संसद् सचिवालयलाई मधेशी आयोगले सोध्यो स्पष्टीकरण

डिसी नेपाल
८ पुष २०७९ १५:१२
244
Shares

काठमाडौँ। नवनिर्वाचित सांसदहरुले मधेशी भाषामा शपथ लिएकोबारे मधेशी आयोगले संघीय संसद् सचिवालयलाई स्पष्टीकरण सोधेको छ।

भाषा आयोगबाट प्रकाशित ‘सरकारी कामकाजका भाषासम्बन्धी सिफारिसहरू- २०७८’ र मधेशी आयोगमा मधेशी भाषा सूचीकृत नरहेकाले उक्त भाषामा प्रतिनिधि सभाका सदस्यले शपथ लिने विषय गम्भीर भएको समेत उल्लेख गरेको छ।

आयोगले सांसदरुहलाई कुन आधारमा मधेशी भाषामा शपथ दिएको भनी स्पष्ट पार्न संसद् सचिवालयलाई निर्देशन दिएको छ। बिहीबार जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसहित तीन सांसदले मधेशी भाषामा शपथ लिएका थिए।

राउत लगायतका सांसदहरूको शपथ ग्रहणको विषयलाई लिएर मधेशमा विरोधसमेत भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *