सिके राउत पनि पुगे बालकोट
काठमाडौँ। जनमत पार्टीका अध्यक्ष डा. सिके राउत पनि बालकोट पुगेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसहित चार दलका नेताहरुको छलफलमा सहभागी हुन अध्यक्ष राउत बालकोट पुगेका हुन्।
बालकोट पुगेर आफू प्रचण्डले बोलाएर बालकोट आएको प्रतिक्रिया दिएका छन्। सरकार गठनका लागि राष्ट्रपतिले दिएको डेडलाइन सकिनुअघि दलहरू तीव्र छलफलमा जुटेका हुन्। सत्तारुढ गठबन्धनमा भागबण्डामा कुरा नमिलेपछि राजनीतिक समीकरण फेरिने देखिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment