सरकारमा सहभागी हुने मन्त्री चयन गर्न माओवादी पदाधिकारी बैठक जारी
काठमाडौं। एमालेलगायतको दलमा प्रधानमन्त्री बन्न सफल माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको सपथ लिने दिन माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ।
पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकमा सरकारमा सहभागी हुने मन्त्री र उनीहरुको नामका विषयमा छलफल चलिरहेको छ।
प्रधानमन्त्री प्रचण्डले सपथ लिएसँगै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन्। त्यसका लागि पार्टीकातर्फबाट सरकारमा सहाभागी हुने मन्त्री चयन गर्न पदाधिकारी बैठक बसेको हो।
आइतबार एमालेलगायत दलको समर्थनमा प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्। उनले आज चार बजे प्रधानमन्त्रीको सपथ लिने कार्यक्रम छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment