सय करोडमा बिक्यो पठानको ओटीटी राइट्स
मुम्बई। शाहरुख खानको आगामी फिल्म ‘पठान’ २०२३ को जनवरी २५ मा रिलिज हुँदैछ। यो फिल्मको ओटीटी राइट्स सय करोडमा बिक्री भएको छ । अमेजन प्राइमले फिल्मको राइट् यति महंगो मूल्यमा किनेको हो ।
यो फिल्म मार्चको अन्त्यमा या अप्रिलको सुरुवातमा ओटीटीमा प्रसारण हुनेछ। शाहरुख ‘पठान’मार्फत चार वर्षपछि ठूलो पर्दामा कमव्याक गर्दैछन्। उनका फ्यानहरु यो फिल्मलाई लिएर निकै उत्साहित छन्। शाहरुख यसअघि सन् २०१८ मा रिलिज फिल्म ‘जीरो’मा देखिएक थिए।
यो फिल्मको बजेट करिब २ सय ५० करोड रुपैंयाँ छ। फिल्मको मिडिया राइट्स पनि सय करोडमा बिक्री भएको छ। यो फिल्ममा दीपिका पादुकोण र जोन अब्राहमको पनि अभिनय छ। फिल्मको ‘बेसर्म रंग’ रिलिज भएसँगै विवाद सुरु भएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment