कर्णालीका नवनिर्वाचित सांसदद्वारा शपथ ग्रहण

डिसी नेपाल
११ पुष २०७९ १७:५६

सुर्खेत । कर्णाली प्रदेशका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् । सभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहसमक्ष उनीहरूले शपथ लिएका हुन् ।

ज्येष्ठ सदस्य शाहलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका थिए । शाहले प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम नवनिर्वाचित सांसदलाई शपथ खुवाएका हुन् ।

कर्णालीमा नेपाली कांग्रेसका १४, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एमाले) का १०, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १–१ जना स्वतन्त्र गरी ४० जना सांसद रहेका छन् । जसमध्ये २४ जना प्रत्यक्षतर्फ र १६ जना समानुपातिक प्रणालीबाट सांसद बनेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *