महान्यायाधिवक्तामा दिनमणि पोखरेल नियुक्त

डिसी नेपाल
१२ पुष २०७९ १२:३७
712
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्ता पदमा दिनमणि पोखरेललाई नियुक्त गरेका छन्।

माओवादी निकट कानुन व्यावसायी पोखरेल यसअघि तत्कालीन सभामुख ओनसरी घर्तीको  कानुनी सल्लाहकार थिए।

प्यूठान निवासी पोखरेल झिमरुक गाउँपालिका-४ चुदाराका स्थायी बासिन्दा हुन्। उनी माओवादीका निकट कानुन व्यवासायी संघका पूर्व सचिवसमेत हुन्।

माओवादीसँग नजिक भएर पनि लाभको पद नपाएका पोखरेललाई महान्यायाधिवक्तको जिम्मेवारी दिइएकाे हाे।  नवनियुक्त महान्यायाधिवक्ता पोखरेलले आजै शपथ लिने बताइएको छ।

पोखरेल यसअघि नेपाल बारको महासचिव पदमा पराजित भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *