एनटीआर ३१ मा आमिर भिलेन

डिसी नेपाल
१७ पुष २०७९ ८:५८

मुम्बई। टलिउडको दायरा पेन इण्डियासम्म पुगिसकेको छ। यहीकारण कैयौं बलिउड स्टारले आफूहरू साउथ फिल्ममा काम गर्न चाहेको बताइसकेका छन्। तर अब आमिर खान भने यी सबै कुरा भन्दा एक कदम अगाडि आएका छन्।

आमिरले ‘केजीएफ १’ र ‘केजीएफ २’ जस्ता फिल्मका निर्देशक प्रशान्त नीलको नयाँ फिल्म ‘एनटीआर ३१’मा अभिनयका लागि हस्ताक्षर गरेका छन्। फिल्ममा जूनियर एनटीआर प्रमुख भूमिकामा हुनेछन्।

फिल्ममा भिलेन चरित्रका लागि आमिरलाई प्रस्ताव गरिएको छ। निर्देशक प्रशान्तले आमिरलाई स्क्रिप्ट सुनाएपछि आमिरले फिल्ममा काम गर्न सहमति जनाइसकेका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार लामो समयदेखि जूनियर एनटीआर र आमिरलाई दर्शकले एकसाथ पर्दामा हेर्न चाहेका थिए। जुन चाहना अहिले आएर पुरा गरेको छ।

आमिरले यसअघि एनटीआर अभिनित फिल्म ‘आरआरआर’को प्रमोसनमा पनि सहभागिता जनाएका थिए। आमिर र एनटीआरले फिल्मको गीत ‘नाटू नाटू’ नाँचेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *