सिंघम अगेनको तयारीमा रोहित र अजय

डिसी नेपाल
१९ पुष २०७९ १२:११
40
Shares

मुम्बई। बलिउड स्टार अजय देवगनका लागि सन् २०२२ विशेष रह्यो। उनको कयौं फिल्म सन् २०२२ मा रिलिज भए पनि ‘दृश्यम २’ले विशेष स्थान पायो। यो फिल्मले बक्सअफिसमा उत्कृष्ट व्यापार गर्‍याे। यो फिल्मपछि अजयको ‘भोला’ रिलिजको तयारीमा छ।

हालैमात्र अजयले निर्देशक रोहित शेट्टीका साथ एक तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन्। ‘नयाँ वर्षको राम्रो शुरुवात भएको छ। मैले सिंघम अगेनको स्क्रिप्ट सुनें, जुन निकै शानदार छ । यो फिल्म हामी दुवैको ११ औं ब्लकबस्टर हुनेछ’, अजयले लेखेका छन्।

यसअघि नै फिल्ममा अजयका साथ अभिनेत्री दीपिका पादुकोण लेडी सिंघमका रुपमा दर्शकमाझ आउने सार्वजनिक भइसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *