‘गोरखा’ बाट अलग्गिए अक्षय कुमार
मुम्बई। अभिनेता अक्षय कुमारले निर्देशक आनन्द एल रायको फिल्म ‘गोरखा’मा अभिनय नगर्ने भएका छन्। यो फिल्म भारतीय सेनाका मेजर जनरल इयान कार्डोजोको बायोपिक थियो । यो फिल्म सन् १९७१ को युद्धमा आधारित थियो।
मेजर जनरल इयान कार्डोजोले सन् १९७१ को युद्धमा उनको खुट्टा एक लेन्ड लाइनमा परेपछि खुकुरीले आफ्नो खुट्टा काटेका थिए।
निर्देशक रायका अनुसार फिल्मको स्क्रिप्टको काम अन्तिम चरणमा रहेको छ। कथा पूरा भएपछि फिल्मको छायांकन सुरु गर्ने रायको योजना भए पनि अक्षय पछि हटेपछि कसलाई अभिनय गराउने भन्नेमा अन्यौलमा छन्।
अक्षय फिल्मबाट अलग्गिएको उनका प्रवक्ताले पुष्टि गरेका छन्। तर के कारणले उनी अलग्गिए भन्ने विस्तृत खुलाएका छैनन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment