पाल्पामा बस दूर्घटना ६ को मृत्यु, १८ घाइते

डिसी नेपाल
२२ पुष २०७९ ७:३२
96
Shares

काठमाडौं। रुपन्देहीबाट पाल्पा गइरहेको ग १ ख ४९७७ नम्बरको बस गए राति पाल्पाकै रैनादेवी छहरा- ८ खुर्सानेमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

दुर्घटनामा ३३ वर्षीया निर्मला घिमिरे, उनकी छोरी ११ वर्षीया सुरुमा घिमिरे, ५४ वर्षीया खेमकुमारी राना, १९ वर्षीया विमा पाण्डेय, ४५ वर्षीया गुनाकुमारी गाहा र २१ वर्षीया दानकुमारी खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा १८ जना घाइते भएका छन् । घाइतेहरुको पाल्पाको मिसन अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *